Thursday, January 24, 2013


म माग्छु....तिमी भन्छौ

म माग्छु....तिमी भन्छौ 
म माग्छु , काम गरेर खान देऊ 
तिमी भन्छौ, पर्ख न राज्यै दिन्छु ,त्यसपछि त तिमी आफै राज गर 
म माग्छु , चाहिया छैन मलाई राज्य, तिम्रै राज्यको म नागरिक, शान्तिसुरक्षा देऊ 
तिमी भन्छौ, पर्ख न मेरै त सुरक्षा डनहहरुको जिम्मा लाएको छु 
म माग्छु, खानलाई चामल छैन्...धान देऊ 
तिमी भन्छौ , पर्ख न संबिधानै दिँदैछु 
म माग्छु , पैसो लेऊ ग्यास देऊ..पेटो«ल देऊ...मट्टीतेल देऊ 
तिमी भन्छौ , पर्ख न ILO महासन्धी छँदैछ सबै सम्पदा तिम्रै जातिको नाममा गरिँदिँदैछु 
म माग्छु , मलाई मेरो देश नेपाल देऊ
तिमी भन्छौ , पर्ख न भाग लगाउँदैछु
आफ्नो भाग पाएपछि च्यात..काट..चुस....निमोठ...जे गर्न मन लाग्छ गर 
म माग्छु , मलाई मेरो राष्टियता देऊ 
तिमी भन्छौं , राष्टियता किन चाहियो जातियता,क्षेत्रियता,साम्प्रदायिकता लेऊ 
म माग्छु ,मलाई बिकास देऊ 
तिमी भन्छौं ,पर्ख न छिमेकीकहाँ माग्न पठाछु  
म माग्छु निकास देऊ 
तिमी भन्छौं ,देशैलाई कब्जीयत लाग्या बेला कसरी निकास दिनु ???

२०६८ चैत्र २१ मंगलबार  (· http://pavikc.blogspot.com/)

No comments:

Post a Comment